लोड हुदैछ

Type to search

समाचार

बैतडीको सिगास गाउँपालिकाका किसानलाई ४ हजार फलफूलका बिरुवा वितरण

बैतडी,३० असार । किसानहरुलाई फलफूल खेतीमा आत्मनिर्भर बनाउने उद्देश्यले बैतडीको सिगास गाउँपालिकाले किसानहरुलाई विभिन्न जातका बर्षे फलफूलका बिरुवा वितरण गरेको छ । किसानहरुलाई फलफूल खेतीमा आकर्षित गर्नका लागि फलफूलका बिरुवा वितरण गरिएको कृषि प्राविधिक सागर भट्टले जानकारी दिनुभयो । अनार,कागती,जुनार,आँप लगायत ४ हजार बढी बोटविरुवा वितरण गरिएको छ उहाँले भन्नुभयो “ गाउँपालिकाका ९ ओटै वडाका करीब १ हजार किसानहरुलाई फलफूलका बोट विरुवा वितरण गरिएको हो”

loading...


यस्तै व्यावसायिक रुपमा तरकारी खेतीमा लागेका १०८ जना किसानहरुलाई पोलीहाउस वितरण गरिएको सिगास गाउँपालिका कृषि शाखाले जनाएको छ । किसानहरुलाई बेमौसमी तरकारी तर्फ आकर्षित गराउनका लागि पोली हाउस वितरण गरिएको बताईएको छ ।  सिगास गाउँपालिकाले किसानहरुलाई फलफूल तथा तरकारी खेतीमा अत्मनिर्भर बनाउनका लागी उक्त कार्यक्रम गरिएको गाउँपालिका अध्यक्ष हरिसिंह धामीले जानकारी दिनुभयो । गाउँपालिका क्षेत्रभित्र रहेको कृषियोग्य तथा खेतीयोग्य जमिनमा सिँचाईको व्यवस्था गरिने उहाँले बताउनुभयो ।  सिगास गाउँपालिको बैतडीको सबैभन्दा दुर्गम तथा विकट गाउँपालिका हो ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *