लोड हुदैछ

Type to search

समाचार

सामुदायिक विद्यालयलाई नमूना बनाउने अभियानमा सुर्नया गाउँपालिका

बैतडी,३० असार । बैतडीको सुर्नया गाउँपालिकाले पछिल्लो समय शिक्षा क्षेत्रमा सुधार ल्याउन बिभिन्न अभियानहरु जारी राखेको छ । सामुदायिक विद्यालयको गुणस्तर लगातार खस्किरहेकाले सामुदायिक विद्यालयहरुलाई नमूना बनाउने अभियानमा सुर्नया गाउँपालिका लागेको छ । शिक्षाको गुणस्तर सुधार गर्न तथा शिक्षा क्षेत्रमा देखिएका विभिन्न विकृतिको अन्त्य गर्नका लागी अभियान थालिएको हो । यसअघि शिक्षाको निति निर्माणका लागी बिभिन्न बिद्यालयहरुमा अन्तरक्रिया सम्पन्न गरेको गाँउपालिकाले सामूदायिक बिद्यालयका शिक्षकहरुलाई तालिम दिईएको छ ।                          

loading...

मानव बिकाशको मुख्य तत्व शिक्षा भएकाले शिक्षा क्षेत्रको बिकाशका लागी परेको सुर्नया गाउँपालिका लागेको अध्यक्ष बीरबहादुर बिष्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो“सामुदायिक विद्यालयको गुणस्तर लगातार खस्किरहेकाले सामुदायिक विद्यालयहरुलाई नमूना बनाउने अभियानमा लागेका छौं” बैतडीको सुर्नया गाउँपालिकाले विद्यालय व्यवस्थापन र अभिभावक शिक्षा कार्यक्रम अन्तर्गत गाउँपालिकाभरी रहेका विद्यालयका शिक्षकहरुका लागि चारदिने तालिम समेत दिईएको छ । बिषय विज्ञ प्रशिक्षका रहेका तालिममा गाउँपालिकाभरीका आधारभूत तह र माध्यमिक तहका गणित विज्ञान र अंग्रेजी बिषयका शिक्षकहरुको सहभागिता रहेको थियो । आधारभूत तहमा बालमैत्री कक्षा, दोहोरो सिकाई प्रणाली, प्रभावकारी शिक्षण लगायतका बिषयमा तालिम दिइएको मुख्य प्रशिक्षक सुरेन्द्रराज ओझाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो“ माध्यमिक तहमा गणित,विज्ञान र अंग्रेजी बिषयको पठनपाठनलाई प्रभावकारी बनाउन शिक्षकहरुलाई प्रयोगात्मक सीप सहित तालिम प्रदान गरिएको छ”
सुर्नया गाउँपालिकामा शिक्षा क्षेत्रको सुधारका लागि शिक्षकहरुलाई तालिम दिईएको गाउँपालिका अध्यक्ष बिष्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो“ शिक्षाको गुणस्तरमा व्यापक सुधार ल्याउनका लागि तालिमको आयोजना गरिएको हो” स्थानिय तहका जनप्रतिनिधिहरुले आफ्नो स्थानिय तहभित्रका कामकाज सञ्चालन गर्न कानुन निर्माण गर्ने सम्पुर्ण अधिकार छ । उनिहरुले बनाएका कानुनलाई गाउसभा अथवा नगर सभाबाट पास गराएर लागु गर्नु पर्ने हुन्छ ।उहाँले भन्नुभयो“ कानुन निर्माण पश्चात नगरिकले थाहा पाउने संयन्त्र तयार गर्न सके झनै राम्रो हुन्छ”
सुर्नया गाउपालिकाले बिभिन्न कानुन तथा कार्यबिधिहरु पारित गरेको छ । शिक्षाको नियमावलि निर्माणका लागी बिद्यालयहरुमा शिक्षक अविभावक तथा बिद्यालय ब्यवस्थापन समिति संग बिस्तृत रुपमा छलफल गरेको सुर्नया गाउपालिकाले अन्य कानूनहरुपनि सम्बन्धीत क्षेत्रका बिज्ञ तथा नागरिकहरुकै सल्लाहमा निर्माण गरिरहेको जनाएको छ ।
सुर्नया गाउँपालिकामा शिक्षा क्षेत्रको सुधारका लागि शिक्षकहरुलाई तालिम दिएको गाउँपालिकाले जनाएको छ । आगामी दिनमा पनि गाँउपालिकाले शिक्षा क्षेत्रको सुधारका लागी पहल गरिहेको बताइएको छ । अहिले बिभिन्न सामुदायिक विद्यालयको गुणस्तर लगातार खस्किरहेकाले सुर्नया गाँउपालिका भित्र रहेका सामुदायिक विद्यालयहरुलाई नमूना बनाउने उद्देश्यले यो अभियान गाउँपालिका थालेको जनाएको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *