लोड हुदैछ

Type to search

समाचार

एक किलो लागुऔषध गाँजासहित एक महिला पक्राउ

बिर्तामोड : इलामको सुर्योदय नगरपालिका– २ बागबिरेबाट प्रहरीले एक किलो लागुऔषध गाँजासहित सोही स्थानकी रिता रिजाललाई पक्राउ गरेको छ ।                                               

loading...

रिजालले आफ्नै घरमा गाजाँ बेचविखन गर्ने गरेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । महिलालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पशुपतिनगरमा राखिएको छ ।

यसैगरी प्रहरीले सुर्योदय नगरपालिका २ कामीडाँडास्थित सामुदायिक वनमा रहेको तीन सय गाँजाको बोट पनि नष्ट गरेको छ । सामुदायिक वनभित्र उम्रिएका गाँजाको बोट इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको टोलीले उखालेर नष्ट गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय, बिराटनगरले बताएको छ ।

  • अन्नपुर्ण पोष्टबाट साभार

Leave a Comment

Your email address will not be published. Required fields are marked *