लोड हुदैछ

Type to search

प्रविधि

विश्व जगतमा प्रबिधीमा फड्को मार्दै, यी मोबाईलहरु जस्लाई घाम पानी देखी धुलोले कुनै असर नगर्ने, सबैको जानकारीका लागि सेयर गरौ

यो जमना नै स्मार्ट छ । त्यसैले सबैका हातहातमा स्मार्ट मोबाइल देखिन्छ । स्मार्ट मोबाइल धेरैका लागि अत्यावश्यक नै भइसक्यो । किनभने प्रविधिको यो जमनामा स्मार्ट मोबाइलबाटै धेरै काम गर्न सकिन्छ । तर, बजारमा स्मार्ट फोन पनि बिभिन्न किसिमका आएका छन् । केही स्मार्ट मोबाइल साँच्चै स्मार्ट छन् । यी पाँच स्मार्ट मोबाइल जुन पानीमा डुब्दा या धुलोमा पुरिँदा पनि कुनै असर पर्दैन ।

loading...

आईफोन सेभेन प्लस
आईफोन सेभेन प्लसले आइपीबाट मुल्यांकन पाएको छ । कम्पनीले ज्ञारेन्टीसाथ भन्छ, ‘यो मोबाईल एक मीटर गहिरो पानीमा डुब्दा पनि ३० मिनेटसम्म काम नै गर्न सक्छ । अर्थात तपाईं स्विमिङ पुलभित्र डुबेर पनि यो फोन सहजै प्रयोग गर्न सक्नुहुन्छ । पानी छिर्ने र असर गर्ने त कुरै भएन ।

सामसुङ ग्यालेक्सी एस एट र एस एट प्लस
यी दुबै मोबाईलले पनि आईपीबाट मूल्यांकन पाएको छ । यी मोबाईललाई पनि धुलो र पानीले केही असर गर्नसक्दैन । यी मोबाईलहरुबाट तपाईं जतिजुकै भारी वर्ष भएपनि रुझ्दै कुरा गर्न सक्नुहुन्छ ।

सोनी एक्स्पेरिया एक्स जेड प्रिमियम
सोनी एक्स्पेरिया एक्स जेड प्रिमियम मोबाईलले आईपी ६८ बाट मुल्याङ्कन पाएको छ । यो मोबाईललाई पानी र धुलोले केही पनि क्षति गर्न सक्दैन । यो मोबाईललाई डेढ मिटर गहिरो पानीमा राखिदिनुहोस्, कुनै फरक पर्दैन ।

मोटो एक्स फोर
मोटो एक्स फोर सानदार वाटरप्रुफ मोबाईल हो । यो मोबाईलले आईपीबाट मुल्याङकन पाएकोछ । यो मोबाईलमा पानी र धुलोले कुनै असर गर्न सक्दैन भने स्क्र्याचको समस्या हुँदैन । ३० मिनेटसम्म ६ फिट गहिरो पानीमा राख्न सक्नुहुन्छ । यो स्मार्टफोन तुलनात्मक रुपमा सस्तो पनि छ ।

सामसुङ ग्यालेक्सी ए सिक्स
सामसुङ ग्यालेक्सी ए सिक्सले आईपी ६८ बाट मुल्याङकन पाएको छ । यो मोबालईलमा पनि पानी, धुलो र क्र्याचले असर गर्न सक्दैन । शावरदेखि स्विमिङ पुलमा रहँदा पनि यो मोबाइल प्रयोग गर्न सकिन्छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *