लोड हुदैछ

Type to search

प्रविधि

बिश्वमा सबैभन्दा तहल्ला मच्चाई आफ्नै राज गर्न सफल केही ब्राण्डको बारे जानकारी लिनुहोस, को छ त सबै भन्दा टप मा ?

विश्वका ठूला प्राविधिक कम्पनीहरूले विगतका केही वर्षयता मनग्गे नाफा र बढ्दो बजार मूल्यका कारण धेरै शक्ति आर्जन गर्न सफल भएका छन् । एप्पल (फोन), गुगल (सर्च इन्जिन), माइक्रोसफ्ट (सफ्टवेयर), फेसबुक (सामाजिक सञ्जाल) र अम्याजोन (अनलाइन बजार) ले आ–आफ्ना क्षेत्रमा वर्चस्व राख्न सफल भएका छन् । त्यो दबदबासँगै उनीहरूले प्राप्त गरेको सबैभन्दा मूल्यवान् वस्तु : शक्तिशाली ब्रान्डको नाम नै हो ।

loading...

ब्रान्डको नामले उनीहरूले बजारमा कब्जा मात्रै गरेका छैनन्, बजार मूल्यलाई पनि आफ्नो नियन्त्रणमा राख्न सफल छन् । विश्वमा रहेका थुप्रै ब्रान्डमध्ये पाँच प्राविधिक ब्रान्डहरूको कुल सम्पत्ति जोड्दा ५ खर्ब ८६ अर्ब अमेरिकी डलर रहेको छ । यो गत वर्षभन्दा २० प्रतिशतले धेरै हो ।

विश्वमा लगातार आठ वर्षदेखि सबैभन्दा मूल्यवान् ब्रान्डका रूपमा रहन सफल कम्पनी हो एप्पल । यसको बजार मूल्य १ खर्ब ८२ अर्बभन्दा बढी छ । त्यो गत वर्षको भन्दा ८ प्रतिशतले बढी हो ।

एप्पल ब्रान्ड यति धेरै लोकप्रिय छ कि यसले ९९९ डलर मूल्य तोकेर निकालेको फोन २ महिनामा नै लगभग ३ करोड प्रति बेचिसकेको छ । त्यसको एक चौथाइ बिक्री त चीनमा मात्रै भएको थियो । विश्वकै सबैभन्दा धेरै जनसंख्या भएको देशमा एप्पलको गत वर्षको व्यापार २१ प्रतिशतले बढेको देखिएको छ ।

सामसुङले २०१७ को अन्तिम चार महिनामा एप्पलभन्दा धेरै फोन बिक्री गरे पनि एप्पलले नयाँ फोन बजारमा ल्याएर यो वर्षको मोबाइल फोनको बजार ८७ प्रतिशत नाफा हात पार्न सफल भएको छ । यही ब्रान्ड भ्यालुले गर्दा उसको नाफा चुलिएको हो । जबकि सामसुङको ब्रान्ड भ्यालु जम्मा ४७ अर्ब डलर रहेको छ जुन एप्पलभन्दा चार गुणा कम हो ।

गुगल तेस्रो वर्ष लगातार दोस्रो स्थानमा रहन सफल भएको छ । उसको ब्रान्डको बजार मूल्य १ खर्ब ३२ अर्ब डलर रहेको छ । यो मूल्य गत वर्षको भन्दा ३० प्रतिशतले धेरै हो । ३ वर्ष अघिसम्म खोजिएको हिसाबले गुगलभन्दा १२१ प्रतिशतले अगाडि रहेको एप्पल अहिले मात्र ३८ प्रतिशतले अगाडि छ ।

गुगलको माउ कम्पनी अल्फाबेटले घरघरमा ‘स्मार्ट’ प्रविधि भित्र्याउन पनि लागिपरेको छ । त्यसले पनि ब्रान्ड मूल्य केही बढाएको हो । गुगलले सर्च इन्जिनको बजारमा आफ्नो ८० प्रतिशत हिस्सा कायम राख्न सफल छ ।

यस्तै महँगा ५ मा पर्न सफल अन्य प्राविधिक ब्रान्डहरूले पनि यो वर्ष धेरै नै कमाएका छन् । जसमा माइक्रोसफ्टले गत वर्षभन्दा २१ प्रतिशत धेरै १ खर्ब ५ अर्ब डलर, फेसबुकले गत वर्षभन्दा २९ प्रतिशतले धेरै ९५ अर्ब र अम्याजोनले गत वर्षभन्दा ३१ प्रतिशत धेरै ७१ अर्ब आम्दानी गरेका छन् ।

अम्याजोनले कोकाकोलालाई उछिनेर माथि उक्लिनु नै यो वर्षको महँगा ब्रान्डको सूचीमा भएको परिवर्तन हो । कोकाकोलाले गत वर्षभन्दा २ प्रतिशत मात्रै बढाउन सफल हुँदै ५७ अर्ब डलर बजार मूल्य कायम गर्न सक्यो । र, उत्कृष्ट सातमा पर्न सफल यो मात्रै गैरप्राविधिक कम्पनी हो । कोकाकोलाले गत वर्ष १३ अर्ब कार्टुन कोक बेच्दै कम्पनीको कुल व्यापारको ४५ प्रतिशत भाग ओगटेको छ । मानिसको चिसो पेय पदार्थ पिउने बानीमा आएको परिवर्तनले उसलाई नराम्रोसँग असर गरेको छ । तैपनि चिसो पेयमा उसको वर्चस्व भने कम भएको छैन ।

यस्तै आर्थिक कारोबारबाट भिसाले अन्य सबै ब्रान्डलाई पछाडि छोड्न सफल भयो ।

उसको कुल बजार मूल्य २४ अर्ब डलर रह्यो ।

गाडी उप्पादन कम्पनीहरूमध्ये भने टोयोटा सबैभन्दा अगाडि रह्यो । उसको कुल बजार मूल्य ४५ अर्ब डलर रह्यो ।
–फोब्र्स म्यागजिन

Leave a Comment

Your email address will not be published. Required fields are marked *