लोड हुदैछ

Type to search

खेलकुद

फुलबल पारखीका लागि यस्तो आयो खुसीको खबरः नेपाली समय अनुसार कुन देशको खेल कुन समयमा ? हेर्नुहोस

विश्वकप २०१८ आउन अब केही दिन मात्र बाँकी छ । प्रतियोगिता जति नजिकिँदै छ । त्यति नै यसको रौनकले विश्वभरका खेलप्रेमीमाझ विश्वकपको गफ सुरु हुन थालेको छ ।

loading...

को कुन टिमको समर्थक एक अर्काप्रति बहस शुरु हुन थालेको छ । विश्वकपको उपाधि कुन टिमले जित्ला ? कसले गोल्डेन बुट पाउला ? सुनको बल कस्ले जित्ला ? आफुले समर्थन गरेको टिम कहाँ सम्म पुग्ला ? जस्ता आँकलनहरु भइरहेका छन् ।

३२ वटा राष्ट्रहरूले आठवटा समूहहरुमा रहेर विश्वकप खेल्नेछन् । युरोपबाट रुस, बेल्जियम, जर्मनी, बेलायत, स्पेन, पोल्याण्ड, आइसल्याण्ड, सर्बिया, फ्रान्स, पोर्तुगल, स्वीजरल्याण्ड, क्रोएसिया, स्वीडेन र डेनमार्क गरि १४ राष्ट्रहरुले भागलिने छन् ।

त्यसैगरि एसियाबाट खेल्ने राष्ट्रहरुमा ईरान, दक्षिण कोरिया, जापान, साउदी अरेबिया र अस्ट्रेलिया गरि ५ राष्ट्रहरू छन् । अफ्रिकाबाट भागलिने राष्ट्रहरूमा नाइजेरिया, इजिप्ट, सेनेगल, टिउनेसिया र मोरक्को रहेका छन ।

उत्तरी अमेरिकाबाट मेक्सिको, कोस्टारिका र पानामा गरि ३ राष्ट्रहरू रहेकाछन भने दक्षिणी अमेरिकाबाट ब्राजिल, उरुग्वे, अर्जेन्टिना, कोलोम्बो र पेरु गरि ५ राष्ट्रहरूले भाग लिनेछन ।

यही जेठ ३१ देखि रुसमा आरम्भ हुने प्रतियोगिताको तालिका नेपाली समयअनुसार

३१ जेठ २०७५ साँझ ८ः४५, रुस र साउदी अरेबिया, पहिलो समूह

१ असार २०७५ साँझ ५ः४५, इजिप्ट र उरुग्वे, पहिलो समूह साँझ ८ः४५, मोरक्को र इरान, दोस्रो समूह राति ११ः४५, पोर्चुगल र स्पेन, दोस्रो समूह

२ असार, २०७५ साँझ ५ः४५, फ्रान्स र अस्ट्रेलिया, तेस्रो समूह साँझ ६ः४५, अर्जेन्टिना र आइसल्याण्ड, चौथो समूह राति ९ः४५, पेरु र डेनमार्क, तेस्रो समूह राति १२ः४५, क्रोएसिया र नाइजेरिया, चौथो समूह

३ असार, २०७५ साँझ ५ः४५, कोस्टारिका र सर्बिया, पाँचौ समूह साँझ ८ः४५, जर्मनी र मेक्सिको, छैटौं समूह राति ११ः४५, ब्राजिल र स्वीजरल्याण्ड, पाँचौं समूह

४ असार, २०७५ साँझ ५ः४५, स्वीडेन र कोरिया गणतन्त्र, दक्षिण कोरिया, छैटौं समूह साँझ ८ः४५, बेल्जियम र पानामा, सातौं समूह राति ११ः४५, टिउनेसिया र बेलायत, सातौं समूह

५ असार २०७५ साँझ ५ः४५, कोलम्बिया र जापान, आठौं समूह साँझ ८ः४५, पोल्याण्ड र सेनेगल, आठौं समूह राति ११ः४५, रुस र इजिप्प, पहिलो समूह

६ असार २०७५ साँझ ५ः४५, पोर्चुगल र मोरक्को, दोस्रो समूह साँझ ८ः४५, उरुग्वे र साउदी अरेबिया, पहिलो समूह राति ११ः४५, इरान र स्पेन, दोस्रो समूह

७ असार २०७५ साँझ ५ः४५, डेनमार्क र अस्ट्रेलिया, तेस्रो समूह साँझ ८ः४५, फ्रान्स र पेरु, तेस्रो समूह राति ११ः४५, अर्जेन्टिना र क्रोएसिया, चौथो समूह

८ असार २०७५ साँझ ५ः४५, ब्राजिल र कोस्टारिका, पाँचौं समूह साँझ ८ः४५, नाइजेरिया र आइसल्याण्ड, चौथो समूह राति ११ः४५, सर्बिया र स्विट्जरल्याण्ड, पाँचौं समूह

९ असार २०७५ साँझ ५ः४५, बेल्जियम र टिउनेसिया, सातौं समूह साँझ ८ः४५, कोरिया गणतन्त्र, दक्षिण कोरिया र मेक्सिको, छैटौं समूह राति ११ः४५, जर्मनी र स्वीडेन, छैटौं समूह

१० असार २०७५ साँझ ५ः४५, बेलायत र पानामा, सातौं समूह साँझ ८ः४५, जापान र सेनेगल ९आठौं समूह राति ११ः४५, पोल्याण्ड र कोलम्बिया, आठौं समूह

११ असार २०७५ साँझ ७ः४५, उरुग्वे र रुस, पहिलो समूह साँझ ७ः४५, साउदी अरेबिया र जापान, पहिलो समूह राति ११ः४५, स्पेन र मोरक्को, दोस्रो समूह राति ११ः४५, इरान र पोचुगल, दोस्रो समूह

१२ असार २०७५ साँझ ७ः४५, अस्ट्रेलिया र पेरु, तेस्रो समूह साँझ ७ः४५, डेनमार्क र फ्रान्स, तेस्रो समूह राति ११ः४५, नाइजेरिया र अर्जेन्टिना, चौथो समूह राति ११ः४५, आइसल्याण्ड र क्रोएसिया, चौथो समूह

१३ असार २०७५ साँझ ७ः४५, कोरिया गणतन्त्र, दक्षिण कोरिया र जर्मनी, छैटौं समूह साँझ ७ः४५, मेक्सिको र स्वीडेन, छैटौं समूह राति ११ः४५, सर्बिया र ब्राजिल, पाँचौं समूह राति ११ः४५, स्विट्जरल्याण्ड र कोस्टारिका, पाँचौं समूह

१४ असार २०७५ साँझ ७ः४५, जापान र पोल्याण्ड, आठौं समूह साँझ ७ः४५, सेनेगल र कोलम्बिया, आठौं समूह राति ११ः४५, पानामा र टिउनेसिया, सातौं समूह राती ११ः४५, बेलायत र बेल्जियम, सातौं समूह

आठ वटा समूह रहेको छ । प्रत्येक समूहबाट विजेता र उपविजेता गरी १६ देश प्रि क्वाटर फाइनल प्रवेश गर्नेछन् । प्रि क्वाटरको खेल असार १६ गतेदेखि १९ गतेसम्म चल्ने छ । प्रि क्वाटरबाट ८ वटा देश क्वाटर फाइनलका लागि छानिने छन् । क्वाटरफाइनलको खेल असार २२ र २३ गते हुनेछ । जसबाट सेमिफाइनलका लागि ४ वटा देश छानिने छन् । सेमिफाइनल खेल असार २६ र २७ गते हुनेछ । जसबाट दुईवटा देश फाइनलका लाछि छानिने छन् भने दुई वटा देश तेस्रो स्थानका लागि खेल्ने छन् । तेस्रो स्थानको खेल असार ३० गते हुनेछ भने असार ३१ गते फाइनल खेल हुनेछ । Source: News24 Nepal TV

Leave a Comment

Your email address will not be published. Required fields are marked *