ज्वरो (Fever) सम्बन्धि जानकारी

ज्वरो एउटा यस्तो लक्षण हो जसलाई लिएर धेरै जना चिन्तित हुन्छन अनि डाक्टर संग या कुनै औषधि पसले (Chemist) संग या आफ्नै सुझबुझ को भर पर्छन । ज्वरोका थुप्रै कारण हरु हुन्छन र कति ज्वरो केहि दिन मा आफै ठिक हुन्छ त कति ज्वरो को लागि राम्रै उपचार को खाचो हुन्छ । कतिपय मानिसहरु ज्वरो देह्खी यति आतिन्छ्न कि एक दिने ज्वरो या ज्वरो आएको जस्तो लागेको खण्ड मा पनि चिन्तित हुने, तुरन्तै डाक्टर या (chemist)कोमा जाने र antibiotic(औषधि) खाने , मुख बार्ने गर्छन भने कति जना यस्तो ज्वरो त कति आए कति गए भन्दै, देखा जाएगा सोच राख्ने अनि जब सम्म हिड्न नसकेर थला परिदैन केहि पनि नगर्ने यानी हिडेर होइन कि बोकेर लैजाने अवस्थामा डाक्टर या स्वास्थ्यकर्मी का पुग्छन । यस लेख को अभिप्राय ज्वरो को बारेमा सहि जानकारी दिने रहेको जसको फलस्वरूप पाठक हरु लाई ज्वरो सित सामना गर्ने सोच र बानी मा सकारात्मक परिवर्तन आवोस ।

के हो त ज्वरो?
शरीर लाइ स्थिर रुपमा चल्न आधारभूत नियम हरु बनेका छन् जसमा बाधिएर एउटा एउटा स्वास्थ्य शरीर काम गर्छ । Temperature यानी शरीर को तापक्रम पनि एउटा यस्तै परिधि भित्र रहेको हुन्छब । शरीर मा तापक्रम लाई स्थिर राख्न महत्वपूर्ण भूमिका खेल्ने केन्द्र (हाइपोथालामस) दिमाग मा रहेको हुन्छ ।  शरीर लाई सारै जाडो हुदा र सार्है गर्मि हुदा पनि परिधि भित्र रहन खोज्छ जस्तै जाडो हुदा कम्पन, सानो आकार को भएर(कुप्रुक्क) र गर्मि हुदा धेरै पसिना आएर उर्जा को जोड घाटाऊ हुन्छ । हामी जस्तै गरि शरीर को शरणमा परेको किटाणु को पनि बाच्ने र काम गर्ने तापक्रम हुन्छ जुन हाम्रै शरीर को तापक्रम संग मिल्छ ।

जब ज्यादै गर्मि(Heat stroke), किटाणु को संक्रमण, ज्यादै थकित, या कुनै भित्रि घाउ हुन्छ, शरीर भित्र पनि एक प्रकार को खलबली मचिन्छ र शरीर को संक्रमण सित लड्ने शक्ति एकजुट भै कार्य गर्न थाल्छ। युद्ध लम्बे को खण्ड मा युद्ध मा मात दिने अर्को चरण हो तापक्रम बढ्ने। शरीर मा तापक्रम लाई स्थिर राख्न महत्वपूर्ण भूमिका खेल्न” केन्द्र” यस युद्ध मा शरीर को साथ दिन्छ अनि तापक्रम बढ्छ । यसमा निक्लेने उर्जा ले पनि अनि शरीर को तापक्रम बढाएर हामी भन्दा तापक्रम को शिकार हुन्छन किटाणु हरु ।
त्यस अर्थ मा ज्वरो आउनु एक तरिका ले सुलक्षण हो तर यदि धेरै दिन सम्म ज्वोरो आउनु भनेको बाहिरी मद्धत चाहियो भन्ने सूचना पनि हो ।अरु युद्ध माझैँ युध्मैदन को संरचना बिग्रन सक्छ , र कहिले शत्रु भारी पर्न सक्छ। ज्वरो र त्यस क्रम मा के कारण ले ज्वोरो आयो होला भनेर पता लगाए पछि मात्र औषधि यानी बाहिरी मद्दत लिनु राम्रो हुन्छ।

कसरी थाहा पाउने त?
ज्वरो को प्रकार: जस्तै काम ज्वरो दुइ दिन मा एकचोटी आउने ज्वोरो मलेरियाले हुन सक्छ।
मौसम अनुसार जस्तै गर्मि/ जाडो महिनामा अलग प्रकारका रोग लाग्न सक्छ।
युद्ध भुमि को लक्षण —- (किटाणु संक्रमित भाग)
घाँटी (दुख्ने, रातो हुने, निल्न गारो हुने, )
छाती-( मा दुख्ने , खकार आउने,)
पिसाब –(पोल्ने, धेरै चोटी आउने),
पेट- (मा उल्टी , पातलो दिशा आदि)
कलेजो मा भए—(जौन्दिस , कोखा दुख्ने )

किटाणु को लक्षण :
TB(tuberculosis) मा मन्द ज्वरो, राती बढ्ने, भोक लाग्दैन, खोकी लाग्छ , खकार मा रगत देखिन्छ
Tonsilitis- गर्ने दोषी किटानु २-३ वोटा छन् (रेगुलर क्रिमिनल जस्तै); Jaundice-मुख्य तय Virus ले गर्छ( जरुरि छैन )
अनि रगत को जाँच जस्तै —- Typhoid , पिसाब
शरीर मा किटाणु सित लड्ने सेना को जाँच (TLC, DLC)
युद्ध स्थल को जाँच जस्तै X-ray and more,

अब के गर्ने
यदि viral हो जस्तो लाग्छ र आफै ठिक हुन्छ भने —- paracetamol मात्र पनि काफी हुन्छ अनि हरेक दिन तापक्रम हेरविचार
(ज्यादा तापक्रम ले शरीर लै हानी नगरोस तर केहि किटाणु मरोस पनि)
यदि Bacteria(एक प्रकार को किटाणु) लागेमा antibiotic को प्रयोग, (आधार– अनुभव, माथि उलेखित चिन्ह हरु , जाँच मा हुर्किएका किटाणु को पहिचान र यस मा काम गर्ने औषधि
कति दिन सम्म — हेरेर हुन्छ –७ -१४ दिन सम्म: TB ma 6-12 months(समय अघि नै बन्द गरे घाइते किटाणु अझै बलिया हुन सक्छन)
जब Antibiotic सुरु हुन्छ त ज्वरो को फाइदा नै चाहिएन त्यसैले paracetamol(ज्वरो घटाउनु को साथै मा किटाणु र जैविक युद्ध को प्रकिया कम गर्छ, युद्ध मैदान घाइते हुन दिदैन
शरीर को सन्तुलन– जस्तै उर्जा सकिएको मा– फलफुल, पानी जीवनज्वल , आराम

के केवल किटाणु ले गर्दा मात्र हुन्छ त ज्वरो???

हैन, कहिले cancer , autoimmune(आफ्नै सेनाको आक्रमण हुने बिमारी), बाथ रोग ज्यादा डर, या थकाई Thyroid ग्रन्थि को रोग मा आदि मा पनि आउन सक्छ,

अन्त मा के के गर्ने त!!!
कति जना गर्मि भएको या छटपटी लाई पनि ज्वरो आएको भान हुन्छ अनि नानाथरी को जाँच को आवस्था आउन सक्छI ज्वोरो को प्रकार ले पनि हामीलाई रोग को जानकारी दिन सक्छ यसैले पहिले त दिन को तीन चोटी thermometer ले ज्वोरो नापने अनि १०२F या १०० १0२ ग सम्म छ भने paracetamol ५००mg देखि १ gm सम्म लिने या चिसो पट्टि ले सेक्ने या दुवै।
यदि बेहोस हुने, धेरै चोटी बान्ता आउने , बेहोस भएमा, दौरा परेमा, १०२-१०५ वा धेरै ज्वोरो आएको खण्ड मा तुरन्तै doctor को मा जाने।
पौष्टिक आहार खाने, आराम गर्ने, पानी धेरै पिउने, पखाला लागेमा जीवनजल , र परिवार मा वा छरछिमेक मा अरु लाई पनि भएको छ भने सरुको रोग हुन सक्छ यस मा सतर्क रहने।
३-५ दिन सम्म पनि ज्वरो बढेको छ छ बने doctor लाई देखाएर सामान्य जाँच वा आवशेकता अनुसार जाँच गराउने अनि औषधि लिने
लक्षण अनुशर यदि jaundice भएमा, पिसाब को infection भएमा अरु हुन सक्ने कारण को जाँच गर्ने

 

तेतिकै antibiotic खाँदा को नुक्सनी मा
. पैसा खर्च , नचाहिन सक्छ, side effect , र resistant यानी(किटानु अरु पनि बलिया हुन सक्छ)

अन्त्य मा तपाई हरु ज्वोरो को आफ्नो अनुभव, या प्रश्न राख्न सक्नु हुन्छ।

झन्डै बिर्सेको: सरिर को सामान्य तापक्रम (98.2° ९८± 0.७°F मा रहन्छ।

– डा. प्रभाकर पोखरेल

Recommended For You

About the Author: Admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *