उत्तर कोरिया सम्बन्धि केहि रहस्यमय तथ्यहरु : तस्विर र भिडियोमा

एजेन्सी। उत्तर कोरियाली राष्ट्र प्रमुख किमजोङउनको जन्मदिन पारेर जनवरी ६ ,२०१६ मा हाइड्रोज वमको परीक्षण गरेको उत्तर कोरियाको केहि अनौठो तथ्यहरुः

१) उत्तर कोरियामा जिन्सको लुगा लगाउनु कानून विपरित मानिन्छ । त्यहाँको सरकारले जिन्सको लुगा लाई प्रतिबन्ध गरेको छ ।

२) विश्वमा अहिले सन् २०१६ चलिरहेको छ , तर उत्तरकोरियामा भने बल्ल १०४ साल चलिरहेको छ । किनकी त्यहाँ आफ्नो राजा किमसुङ को जन्मदिनपछि नयाँ बर्षको सुरु भएको मानिन्छ । उत्तर कोरियाले आफ्नै क्यालेण्डर प्रयोग गर्छ जुन जूश क्यालेण्डर प्रयोग गर्छ ।

३) उत्तर कोरियामा गाँजा खानलई रोकतोक छैन र यहाँ गाजा लाई नशालु पदार्थको रुपमा लिइदैन ।

४) उत्तर कोरियामा हरेक पाँच बर्षमा चुनाव हुन्छ । र उम्मेदवार पनि एक मात्रै हुन्छन् । किम परिवारसँग चुनावि प्रतिस्पर्धा गर्ने अधिकार अरु कसैलाई छैन ।

५) यहाँ विश्वको सबैभन्दा ठूलो रंगशाला रहेको छ । जसमा डेढलाख मानिस बस्न सक्छन् । र त्यहाँका शासक उपस्थित हुने कार्यक्रममा एउटा पनि सिट खालि हुँन हुँदैन ।

६) उत्तर कोरियाली विमान विश्वको सबैभन्दा खराब एयरलाइन्समा पर्दछ, किनभने त्यहाँ २० बर्ष देखि एउटा पनि नयाँ विमान ल्याइएको छैन ।

७) उत्तर कोरियामा ठूलो अपराधलाई तीनपुस्ते सजाय तोकिन्छ । यसको मतलब हजुरबुवाले गल्ती गरेका भए त्यसको सजाए नाती सम्मले भोग्नु पर्छ ।

८) उत्तर कोरियाको दावी छ त्यहाँको साक्षरता ९९ प्रतिशत रहेको छ ।

९) उत्तर कोरियामा तीन वटा मात्रै टेलिभिजन च्यानलहरु संचालनमा छन् । ती च्यानल मध्य दुइवटा च्यानललाई हप्ताको अन्त्यमा र एउटा च्यानललाई हरेक साँझमा मात्र प्रसारण गरिन्छ । ती च्यानलहरुले केवल किमजोङ र उनको भक्तिगाथा मात्रै गाउँछन् ।

१०) उत्तर कोरियामा विद्यार्थीहरुले स्कुल फि को साथमा आफू बस्ने कुर्सि र टेवलको लागि पनि पैसा तिर्नु पर्छ ।

११) उत्तर कोरियाको राजधानी पेङ्यङ शहरमा पढेलेखेका, विश्वासीला मानिसहरुलाई मात्र बसोबास गर्ने अधिकार छ । अहिले त्यहाँ ३० लाख मानिसहरुको बसोबास रहेको छ ।

१२) उत्तर कोरियाको बाहिरी विश्वसँग सम्बन्ध बिच्छेद छ । त्यहाँ बाहिरी देशको न्यूज च्यानल र समाचारलाई कुनै स्थान दिइदैन । त्यसैले उत्तर कोरियाका आम मानिस झुटको घेरामा बाँचिरहेका छन् ।

१३) उत्तर कोरियामा पुरुषहरुले आफूखुसी कपाल काट्न पाउँदैनन । त्यहाँका शासकले जस्तो कपाल काटेका छन् त्यस्तै स्टाइल बनाएर काट्नु पर्दछ ।

१४) उत्तर कोरियामा भ्रमण गर्नको लागि त्यहाँको सरकारसँग अनुमति लिनुपर्छ । अनुमति पाएमा टुरिष्टहरुले मोवाइल, क्यामेरा जस्ता सामाग्री बोक्न निषेध गरिएको छ । यदि उत्तर कोरियामा गरिबीको तस्विर खिचेको पाइएमा त्यहाँको कानून अनुसार कारबाहि गरिन्छ ।

१५) उत्तर कोरियामा हप्ताको सातै दिन काम गर्नुपर्छ । जागिर खानेहरुले हप्ताको अन्तिम दिन अर्थात् सातौं दिन श्रमदान गर्नुपर्छ ।

भिडियो :

Recommended For You

About the Author: Admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *