लोड हुदैछ

Type to search

आहार विहार

तितेकरेलीलाई स्वादिस्ट यसरी बनाउनुहोस, खानुभन्दा पहिले नै मुख रसाउने छ, जानकारीका लागि सेयर गरौ

तीते करेला वैज्ञानिक वर्गीकरण अनुसार फूलफुल्ने वनस्पतिको समूहमा पर्ने एक वनस्पति हो। तीते करेलालाई संस्कृतमा कंटफल, उग्रकाँड र हिन्दीमा करेला नै भनिन्छ। अङ्ग्रेजीमा भने यसलाई बिटर मेलन वा बिटर गार्ड पनि भन्ने गरिन्छ। हेर्नमा हरियो र सेतो, स्वादमा तीते करेला खनिज पदार्थयुक्त तथा औषधीय गुणले भरपूर सब्जी हो। खाँदा तीतो भए पनि करेला स्वास्थ्यका लागि अति लाभदायक छ । सब्जीको रूपमा प्रयोग गरिने करेला लहरामा फल्ने फल हो।

loading...

आज हामी करेलाको मिठो तरकारी बनाउने विधि लिएर आएका छौ। आवश्यक सामग्री : ठिकको ४ वटा वा ४०० ग्राम तिते करेला १ कप काटेको गोलभेँडा २ ३ वटा काटेको हरियो खोर्सानी १ ठूलो काटेको प्याज कागती १ वटा बेसारको धुलो आधी चम्चा जिरा र धनियाँको दाना आधी आधी चम्चा गरम मसाला आधी चम्चा पिसेको अदुवा लसुन १ चम्चा रातो धुलो खोर्सानी १ चम्चा तेल ३० मि.लि नुन स्वाद अनुसार

बनाउने विधि : सर्वप्रथम कराईमा तेल तताउनुहोस् र त्यसमा जिरा, धनियाँ, र हरियो खोर्सानी हाल्नुहोस् । त्यसपछि यसमा काटेको प्याज हालेर फ्राइ गर्नुहोस् । हल्का प्याज फ्राइ गरिसकेपछि यसमा बेसार र करेला राखेर राम्ररी चलाउनुहोस्।

राम्रोसँग चलाइसकेपछि यसलाई छोप्र कम्तिमा पनि १० मिनेट पकाउनुहोस्। बिच बिचमा यसलाई चलाइदिनुहोस्। यो चलाउनु चाहिँ चारैतिर राम्ररी पाकोस् र नडढोस् भन्नका लागि हो। अब यसमा गोलभेँडा र अन्य मसला हालेर राम्रोसँग चलाउनुहोस् र मध्यम तापमा पकाउनुहोस् ।

राम्रो सँग चलाइसकेपछि फेरी एकपटक छोपेर यसलाई कम्तिमा पनि १० मिनेटसम्म सानो आगोमा पकाउनुहोला। तरकारी पाकिसकेपछि यसमा कागतीको रस राख्नुहोस् र राम्ररी चलाउनुहोस्। अब पस्किनुस्।

Leave a Comment

Your email address will not be published. Required fields are marked *