११८ यात्रु बोकेको बिमान एकाएक अपहरण परेपछि

Null

काठमाडौँ, ८ पुस – ११८ यात्रु बोकेको लिबियाली विमान अपहरणमा परेको छ। आफ्रिकिया एयरको ए ३२० विमान लिबियाको सेवहा विमानस्थलबाट स्थानीय समयअनुसार शुक्रबार बिहान साढे ९ बजे राजधानी त्रिपोलीका लागि उडेको थियो।
विमान भुमध्य सागरमाथि उडिरहेको बेला दुई जना यात्रुले आफूसँग ग्रिनेड भएको र आफूले भनेको ठाउँतिर नउडाए त्यो पड्काइदिने धम्की दिएर विमान अपहरण गरेका थिए।
अपहरित विमानलाई उनीहरूले माल्टामा अवतरण गराएको बिबीसीले जनाएको छ।
माल्टाका प्रधानमन्त्री जोसेफ मस्कटले विमान अपरहणमा परेर माल्टामा अवतरण गराइएको जानकारी आएको ट्विटरमार्फत जनाएका छन्। घटनाको विस्तृत विवरण आउन बाँकी छ।

Null

कमेन्ट्स गर्नुहोस्

कमेन्ट्स

Recommend to friends
  • gplus
  • pinterest