चनाको मूल्य अन्तर्राष्ट्रिय बजारमा आकासियो, किलोको १ सय ८० रुपैयाँ पुग्यो, आयातनै रोकियो

Null

विराटनगर ।तराई क्षेत्रमा गरिबको खाजा– बिहान सातु र दिउँसो चनाचिउरा । एक वर्षयता चनाको मूल्य दोब्बरभन्दा बढी भएपछि गरिबलाई सातु र चनाचिउरा खान पनि मुस्किल परेको छ ।
विराटनगरका नास्ता पसलमा २५ देखि ३० रुपैयाँ प्लेट पाइने चनाचिउरालाई हिजोआज ५० देखि ६० पर्न थालेको छ ।डेढ वर्षअघि पूर्वको बजारमा चना प्रति किलो ९० रुपैयाँ थियो । मूल्य बढेर छ महिनामै चनाको किलोको एक सय ८० रुपैयाँ पुग्यो ।
अहिले चना किलोको दुई सय २० रुपैयाँ पुगेको छ।मूल्य वृद्धि भएकै कारण चालु आर्थिक वर्षको मङसिर मसान्तसम्ममा चनाको आयात गरिएको छैन । चनामा नेपाल आत्मनिर्भर छैन । अन्तर्राष्ट्रिय बजारमा नै मूल्य बढेपछि भारतीय बजारमा पनि चनाको मूल्यले आकाश छोएको छ । नेपाल र भारत दुबै मुलुकमा अस्ट्रेलिया र क्यानाडाबाट चनाको आयात गरिन्छ ।
विराटनगर भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७२/७३ मा यस नाकाबाट चनाको आयात १६ करोड ६२ लाख ५१ हजार मूल्यको २० लाख ७७ हजार किलो चनाको आयात गरिएको थियो । चनाबाट एक करोड २० लाख राजस्व सङ्कलन गरिएको थियो ।
अघिल्लो आर्थिक वर्ष २०७१÷७२ मा चनाको आयात अझ बढी थियो । कार्यालयका अनुसार सो आर्थिक वर्षमा १९ करोड आठ लाख मूल्यको ३४ लाख १२ हजार किलो चनाको पैठारी गरिएको थियो । चनाबाट एक करोड ९० लाख राजस्व प्राप्त भएको थियो ।अस्ट्रेलिया र क्यानाडाबाट समुद्री मार्ग हुँदै यति ठुलो परिमाणमा भित्रने चनाको पैठारी चालु आर्थिक वर्षको मङसिर मसान्तसम्म भएको छैन ।
किन गरिएन चनाको आयात ?
विराटनगरमा चनाको मुख्य पैठारीकर्ता एवं मोरङ व्यापार संघका पूर्व अध्यक्ष अविनाश बोहराले भने, ‘अन्तर्राष्ट्रिय बजारमा चनाको कतिसम्म मूल्यवृद्धि भयो भने नेपालमा रहेको चना बरु सस्तो भयो । नेपालमा सस्तो अनि अस्ट्रेलिया र क्यानाडामा नै महँगो भएपछि चनाको आयात नगरिएको हो ।’
व्यवसायी बोहराका अनुसार अन्तर्राष्ट्रिय बजारमा प्रति मेट्रिक टन छ देखि सात सय अमेरिकी डलर पर्ने चनाको मूल्य १२ सय डलर पुगेको थियो । हाल एक हजारदेखि ११ सयसम्म घटबढ भइरहेको छ ।
गत वर्ष अन्तर्राष्ट्रिय बजारमा भएको चनाको ठुलो परिमाण पाकिस्तानका व्यवसायीले खरिद गरेका थिए र बचेको चना खाडी मुलुकमा भित्र्याइएको थियो । भारतमा गत वर्षदेखि अहिलेसम्म पनि चनाको माग र मूल्य दुबै उच्च छ । नेपालमा यसको प्रभाव पर्नु स्वाभाविक हो ।नेपालमा तत्काल चनाको भण्डार रित्तिइसकेको र पुस लागेपछि व्यवसायीले आयातका लागि प्रतीतपत्र खोलिरहेको उनले जानकारी दिए ।बिज़माण्डु

Null

कमेन्ट्स गर्नुहोस्

कमेन्ट्स

Recommend to friends
  • gplus
  • pinterest

Leave a comment