काठमाडौं उपत्यकाको उत्पत्तिसँग सम्बन्ध जोडिएको जलविनायक

Null

काठमाडौं । जलविनायक काठमाडौंका चार विनायकमध्येको एक हुन् । जलको प्रतीक मानिने चोभार गणेश जलविनायकलाई स्थानीय भाषामा कोयना दो भन्ने गरिन्छ । चोभार गल्छी खोंचमा अवस्थित तीनतले पेगोडाशैलीको यस मन्दिरमा गणेशको मूर्ति भने सादा ढुंगामा पूजिन्छ । प्रत्येक मंगलबार र भाद्र महिनाको गणेश चौथीका दिन यहाँ विशेष पूजा गर्ने चलन छ ।
अन्य गणेशजस्तै जलविनायकलाई पनि मंगल तथा सिद्धिविनायकका रुपमा पुजिन्छ । यहाँ दर्शन गर्नाल मानिसको शरिरमा आएका मूसाहरु निको हुनासाथै घरमा पनि मूसाबाट छुटकारा मिल्ने जनविश्वास रहि आएको छ । यसका अलावा उपत्यकाका चार गणेश दर्शन गर्ने भनी बेल-बेलामा विशेष पूजा गर्ने परम्परा रहेको छ ।
पौराणिक कथनअनुसार नेपालमण्डल अर्थात काठमाडौं उपत्यका पानीले भरिएको बेला स्वयम्भू ज्योति दर्शनार्थ महाचीन तिब्बतबाट आएका बोधिसत्व माजुश्रीले चोभार ह्रासिकाप गल्छी काटेर पानी बाहिर पठाएको बताइन्छ। त्यससँगै यहाँ गणेशको मन्दिर स्थापना भएको किम्वदन्ती छ । चोभार गणेशस्थान नजीक माजुश्री गुफा छ । यही आधारले यहाँ चहलपहल भइरहन्छ । 
ने.सं. ७२२ मा निर्मित कोयना गणेश मन्दिर परिसरमा सुःखावती लोकेश्वर वरुण विष्णु सूर्य शिव पार्वती आदि देवीदेवताको मूर्तिसमेत प्रतिस्थापन गरिएको छ । परम्परागत शैलीमा सिंगारिएको धातुको पेगोडाशैलीयुक्त छाना आकर्षणको अर्को पाटो हो। मन्दिरको प्रवेशद्वारको दायाँ बायाँ दुई वटा सिंह र होचो स्तम्भमा गणेशको वाहन छुचुन्द्रो र टुँडालमा अष्टमातृका अष्टभैरव कुँदिएका छन ्। कोयना गणेशलाई लड्डु पेंडा होइन राँगा हाँस कुखुरा आदिको पशुपक्षी बलि दिने मौलिक परम्परा छ ।
जलविनायक क्षेत्र पुरातात्विक, सांस्कृतिक तथा धार्मिक कारणले मात्र नभएर उपत्यकाको इतिहाससाग प्रत्यक्ष सम्बन्धित यहँ‘कोे मञ्जुश्री गल्छी, उक्त गल्छीमा अवस्थित दक्षिण एसियाकै दोस्रो लामो मञ्जुश्री गुफा तथा जैविक विविधताले भरिपूर्ण गल्छीको पश्चिमपट्टि गुफा क्षेत्र समेटेर बनाइएको मञ्जुश्री पार्क यस क्षेत्रका प्रमुख पर्यटकीय आकर्षण बनेका छन् ।आनन्द अमृतबाट

Null

कमेन्ट्स गर्नुहोस्

कमेन्ट्स

Recommend to friends
  • gplus
  • pinterest

Leave a comment