कुन रङको आँखा भएको व्यक्तिको कस्तो स्वभाव कस्ताे

Null

सबै मानिसका आँखाको रङ फरक फरक हुन्छ । तर यही आँखाको आकार, बनावट र रङबाट मानिसको स्वभाव थाहा हुन्छ । त्यसैले आँखालाई हाम्रो व्यक्तित्वको ऐना पनि भनिन्छ । कुनै व्यक्तिलाई बुझ्नका लागि उसँग कुराकानी गर्नुपर्ने भन्ने गरिन्छ । तर विशेषज्ञहरु भने फरक धारणा राख्छन् । उनीहरु भन्छन्– आँखाको रङबाटै तपाईंले मानिससँग कुराकानी नगरीकनै उसको व्यक्तित्वका बारेमा थाहा हुन्छ ।

जान्नुस् कुन रङको आँखा भएको व्यक्तिको कस्तो स्वभाव हुन्छ ?

कालो आँखाः कालो आँखा भएका व्यक्तिहरु रातको अँध्यारो जस्तै रहस्यमय र अन्र्तदृष्टियुक्त हुन्छन् । जबकि धुमिल आँखा हुनेहरु निकै स्वभाविक हुन्छन् । कालो आँखा भएका व्यक्तिहरुलाई निकै बढी पूर्वाभास (भविष्यमा हुने कुराको अनुभूति पहिला नै हुने) हुन्छ । काला आँखा भएकाहरु जिम्मेवार र वफादार हुन्छन् । उनीहरु कर्मठ र आशावादी पनि हुन्छन् ।

खैरो आँखाः खैरो आँखा भएकाहरु आकर्षक हुन्छन् । उनीहरु आत्मविश्वासी र रचनात्मक पनि हुन्छन् । उनीहरु स्वभावबाट दृढ निश्चयी हुन्छन् । तर कहिलेकाहिँ अर्काको अगाडि आफ्नो कुरा राख्दा उनीहरुलाई मुश्किल पर्न सक्छ । खैरो आँखा हुनेहरु प्रभावशाली, सशक्त र विनम्र हुन्छन् । उनीहरु निकै कम आक्रामक हुन्छन् तर धुन भएका हुन्छन् । उनीहरु प्रेम र रोमान्सको विषयमा निकै गम्भीर हुन्छन् । उनीहरुको आन्तरिक ताकत, विश्लेषणात्मक सोच र तार्किक क्षमता उनीहरुलाई जस्तोसुकै परिस्थितिमा पनि नेतृत्वका लागि योग्य बनाउँछ । खैरो आँखा भएका मानिसहरु निकै चतुर पनि हुन्छन् । 

धुमिल आँखाः यस्ता आँखा भएका व्यक्तिहरु स्वभाविक, मौजमस्ती र रोमान्स मन पराउने हुन्छन् । उनीहरु समयसँगै हिंड्ने र परिस्थितिहरुसँग सामञ्जस्य हुन सक्छन् । उनीहरु साहसी हुन्छन् । एकरस जिन्दगीबाट छिटै विरक्त हुन्छन् । मानिसहरु यस्ता मानिससँग सहजै आकर्षित हुन्छन् ।

हरियो आँखाः हरियो आँखा भएका मनिसहरु बुद्धिमान, उत्साहित र जीवन्त स्वभावका हुन्छन् । उनीहरु हरेक काम जोशपूर्वक गर्छन र सुन्दर हुन्छन् । यस्ता व्यक्तिहरु निकै ईष्यालु पनि हुन्छन् ।

नीलो आँखाः नीलो आँखा भएकाहरु निकै आकर्षक, शान्त, तेज दिमाग र सम्बन्धमा विश्वास राख्ने पनि हुन्छन् । उनीहरु अरुलाई खुशी राख्ने कोशिस पनि गर्दछन् । यस्ता मानिसहरु दयालु र गम्भीर पनि हुन्छन् । उनीहरु सबैकुरामा राम्ररी ध्यान दिने बहिर्मुखी स्वभावका हुन्छन् । पुर्वेलीन्यूज बाट

Null

कमेन्ट्स गर्नुहोस्

कमेन्ट्स

Recommend to friends
  • gplus
  • pinterest

Leave a comment