अत्तरियाका क्षेत्रीय महोत्सवको तयारी अन्तिम चरणमा

Null

कैलाली, पुस २५ । अत्तरियामा आयोजना हुन लागेको सुदूरपश्चिमाञ्चल क्षेत्रीय महोत्सव २०७३ को तयारी अन्तिम चरणमा पुगेको छ ।
यही पौष २७ गतेबाट सुरु हुने महोत्सवको तयारी अन्तिम अवस्थामा पुगेको अत्तरिया उद्योग बाणिज्य संघले जनाएको छ । अहिले सम्म स्टल निमार्ण, मन्च निमार्ण, स्वागत गेट निमाणको काम अन्तिम चरणमा पुगेको र अन्य काम पनि तिब्र गतिमा निमार्ण भई रहेको आयोजक अत्तरिया उद्योग बाणिज्य संघले जनाएको छ ।

लघु–उद्यम, कृषि, पर्यटन, जडिबुटि, जलबिद्युत व्यापार तथा सांस्कृतिक प्रदर्शनीका लागि पौष २७ गते देखी माघ ९ गते सुदूरपश्चिमाञ्चल क्षेत्रीय महोत्सव २०७३ आयोजना गरीएको आयाजकको भनाई छ ।

महोत्सवको आकर्षणको रुपमा स्थानिय कला, संस्कृति, भेषभूषा एवम खानपानको प्रदर्शनी, राष्ट्रिय कलाकारद्धारा सांस्कृतिक कार्यक्रम, स्थायिन उद्यमीद्धारा उत्पादित बस्तुको प्रदर्शनी, र्याप्टिङ, बक्सिङ प्रतियोगिता, कृषिजन्य उत्पादन तथा जडिबुटिको प्रदर्शनी लगायतका बिषय बस्तुको अबलोकन गर्न पाईने आयोजकले जनाएको छ । अघिल्लो बर्षको भन्दा केहि फरक तबरले संञ्चालन गर्न लागिएकाले बर्ष महोत्सवमा सुदुर पश्चिममै पहिलो पटक रेसलिङ खेल देखाउने, लोपउन्मुख जाति राउटेको बिषेश पहिचान र मनोरञ्जनका लागि लामीतालमा गत बर्ष भन्दा थप डुङगाको ब्यवस्था गरिएको अत्तरिया उद्योग बाणिज्य संघका अध्यक्ष ललित रोकायले बताएका छन् ।

महोत्सवको प्रदर्शनी स्थलमा कृषि बस्तु, अटोमोबाईल्स, सूचना प्रविधि, जडिबुटि, स्थानिय खाद्य परिकार, फोटो प्रदर्शनी लगायतका दुई सय ५० भन्दा बढि स्टलहरु राखिने उद्योग बाणिज्य संघले जनाएको छ । महोत्सवमा अनुमानित तीन लाखले अवलोकन गर्ने र ६ करोड बराबरको कारोवार हुने आयोजकले लक्ष लिएको छ ।

Null

कमेन्ट्स गर्नुहोस्

कमेन्ट्स

Recommend to friends
  • gplus
  • pinterest

Leave a comment