हावाबाट बिजुली निकाल्ने कार्यको परीक्षण सफल

Null

अछाम, पुस २४ । अछामको कमलबजारमा पहिलो पटक हावाबाट बिजुली निकाल्ने कार्यको परीक्षण सफल भएको छ । शनिबार निर्माण कार्यको जिम्मा लिएको कृष्न ग्रील विराटनगर र टेब्सुन जेवि कम्पनिले परीक्षण गरेको हो ।

अछामको कमलबजारमा हावाबाट बिजुली बाल्ने योजना सहित मंसिर महिनाको तेश्रो हप्ताबाट काम तिव्र गतीमा भइरहेको छ । वैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रको सहयोग र स्थानीयको श्रम तथा अनुदानमा शुरु गरिएको उक्त आयोजनामा विजुली बाल्नका लागि विद्युत भवन निर्माण र पंखा जोडिसकिएको छ भने खम्बा गाड्ने काम भइरहेको छ । 

उक्त आयोजनाबाट २० किलोवाट क्षमता हावाबाट र ११ किलोवाट विद्युत सोलार बाट उत्पादन गरी कमलबजार नगरपालिका वडा नं ८ बजार क्षेमा हाललाई बिस्तार गरिने कमलबजार नगरपालीकाका कार्यक्रम अधिकृत भिम खतीवडाले जानकारी दिनुभयो । सोलार जडान र तार जोड्ने तथा केही विद्युतिय खम्बा गाड्ने काम बाँकी रहेको आयोजनाका उपभोक्ता समिति अध्यक्ष नृप बोहराको भनाइ छ ।

उनका अनुसार पुस महिनाभित्र काम सक्ने र माघ १ गतेबाट कमलबजार क्षेत्रका १४७ घरधुरीमा विजुली बल्ने छ । यो आयोजनाबाट करीब ४ हजार जनसंख्या लाभान्वित हुने भएका छन । वैल्पिक उर्जा प्रर्वद्धन केन्द्रको र स्थानियको जनश्रमदान गरी करीब २ करोडको लगानिमा सो काम सुरु गरीएको नगरपालीकाका इन्जिनियर लेखनाथ उपाध्यायले जानकारी दिनुभयो । बाह्रै महिना हावा चलीरहने कमलबजारमा हावाबाट विजुली बल्नेमा ढुक्क रहेको उहाले बताउनुभयो । हावाबाट विजुली बल्ने भए पछि स्थानियले पनि जनश्रमदान गरीरहेका छन ।

Null

कमेन्ट्स गर्नुहोस्

कमेन्ट्स

Recommend to friends
  • gplus
  • pinterest

Leave a comment